त्रिकोणात्मक टी–२० मा मलेसियामाथि नेपालको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 05:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । कुशल भुर्तेलले दोस्रो खेलमा पनि अर्धशतक बनाउँदा नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित दर्ता गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको झिनो लक्ष्य पछ्याएको नेपालले १२.१ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले १०२ रनको साझेदारी गरे । 

टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका कुशलले आजको खेलमा पनि ४१ बल खेल्दै तीन चौका र पाँच छक्कासहित ६१ रनमा अविजित रहे । ओपनर आसिफले २९ बल खेल्दै ४ चौका र एक छक्काको मद्दतमा ४२ रन जोडे । दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा अल आउट हुँदै १०९ रन बनाएको थियो । 

बलिङतर्फ दोस्रो ओभरको चौथो बलमा करण केसीले पहिलो विकेट लिएका थिए । चौथो ओभरको तेस्रो बलमा मलेसियाका कप्तान अहमद फैजलाई विनोद भण्डारी र करण मिलेर रनआउट गरे । सातौं ओभरको अन्तिम बलमा सोमपाल कामीले नेदरल्याण्ड्सविरुद्ध ८७ रन बनाएका विरनदिपलाई ६ रनमा आउट गरे । नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अजिजलाई आउट गराए । ११ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले मलेसियाका शाफिक शारिफलाई १५ रनमा आउट गराए । 

नेपालका लागि ३ ओभर बलिङ गरेका करण केसीले १७ रन खर्चेर ३, सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नामा एक÷एक विकेट रह्यो ।

आजको खेलमा पनि जित निकालेसँगै नेपालले गत वर्ष थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी–२० मा व्यहोरेको हारको बदला लिएको छ ।

नेपालले अर्को खेल मंगलबार नेदरलयाण्ड्ससँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved