
नेपालले त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २०६ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि कुशल भूर्तेलको आक्रामक ब्याटिङ गर्दै लगातार तेस्रो खेलमा अर्धशत बनाए । ओपनरद्वय आशिफ शेख शून्य रनमा आउट हुँदा उपकप्तान दीपेन्द्रसिंह ऐरीले कुशलसँग ७८ रनको साझेदारी खेले ।
३० बलमा ३ चौका र ५ छक्का हिर्काएका दीपेन्द्रले ६० रनको अर्धशतकीय इनिङ खेले ।
यसअघिका दुई खेल (नेदरल्यान्ड्सँग ६१, मलेसियासँग ६१) मा अर्धशतक बनाएका कुशलले आज पनि ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाए । कुशल भुर्तेल आफ्नो पहिलो तीन खेलमा लगातार अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
कुशल मल्लले ७ बलमा ३ छक्कासहित १८ र सोमपाल कामीले १३ रन बनाए । त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर आउट भएका थिए । सोमपाल कामी २१ रनमा अविजित रहे ।
नेदरल्यान्ड्स अहिले २०७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।