
रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा काडिजलाई उसैको घरेलु मैदानमा ३–० ले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
रियलका लागि करिम बेन्जामाले १ र अल्भारो ओड्रिजोलाले एक गोल गरे । खेलको ३० औं मिनेटमा बेन्जामाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ४० औं मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा भने थप गोल नहुँदा रियल ३–० ले विजयी भयो ।
जितपछि ३२ खेलबाट ७० अंक जोड्दै रियल शीर्ष स्थानमा आएको छ । ३१ खेलबाट एट्लेटिकोको ७० अंक नै बनाएको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
काडिज ३६ अंकसहित १३ औं स्थानमा छ ।