
त्रिकोणत्मक टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो ।
नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ छक्काको मद्दतमा ४५ रन बनाए । करणले छैठाँै विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी खेले ।
नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ र कुशल भुर्तेलले १६ रन बनाए ।