
त्रिकोणत्मक टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको हो । २१८ रनको लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको मलेसियाले १९.१ ओभरमा सबै विकेटको क्षतिमा १४८ रन मात्रै बनाउन सक्यो ।
यसअघि नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ७ छक्का हिर्काउँदै ४५ रन बनाए । करणले छैठौँ विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी खेले ।
नेपालका लागि आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले १९ र कुशल भुर्तेलले १६ रन बनाए ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३, सोमपाल कामीले ३, कमल सिंह ऐरीले ३ र सुसन भारीले १ विकेट लिए ।
यसअघि नै फाइनल पुगिसकेको नेपाल आजको खेलामा जित निकालेसँगै ६ अंकसहित शीर्ष स्थानमा छ । ५ अंकसहित नेदरल्याण्डस् पनि फाइनल पुगिसकेको छ । फाइनलमा नेपालले शनिबार घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेल्दैछ ।