अष्ट्रेलियाविरुद्द नेपालः टोलीमा ४ खेलाडी परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 08:26:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप तथा एसियन कप छनोट अन्तर्गत नेपालले आज अष्ट्रेलियाविरुद्ध खेल्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा ४ परिवर्तन गरेका छन् ।

मिडफिल्डमा २ सहित कुल ४ खेलाडी परिवर्तन गरेका प्रशिक्षक अलमुताइरीले विशाल राई र एरिक विष्टलाई मिडफिल्डमा उतार्दा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठलाई राखेका छन् । 

गोलरक्षकमा कप्तान किरण चेम्जोङसहित सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले निरन्तरता पाएका छन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्ने भएका छन् ।

मिडफिल्डमा पुजन उपरकोटीको साथमा एरिक विष्ट र विशाल राई रहनेछन् । आक्रमणमा नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको सहयोग उपयोग गर्ने लक्ष्य लिईएको छ । 

खेल आज राती ९ः४५ बजे हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved