विश्वकै पूरानो फुटबल प्रतियोगीता ‘कोपा अमेरिका’ आजबाट, कुन च्यानलमा आउँछ लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 12:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगीता ‘कोपा अमेरिका’ आज रातीबाट सुरु हुँदैछ । कोभिडका कारण रोकिएको सन् २०२० को संस्करण आज रातीबाट सुरु हुन लागेको हो । दक्षिण अमेरिकी महादेशको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिकाको यो ४७ औँ संस्करण हो । 

ब्राजिलमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली ब्राजिल र भेनेज्वेलाबीच खेल हुँदैछ । इस्टाडियो नाकिओनल डे ब्राजिला रंगशालामा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान राति २ः४५ बजेबाट सुरु हुनेछ । कोपाका हरेक खेल सोनी पिक्चर्स नेटवर्क अन्तर्गतका च्यानलबाट लाइभ हेर्न सकिनेछ । यसअघि सन् २०१९ को कोपा अमेरिका फुटबल प्रतियोगीता एसियामा टिभीमा हेर्न पाईएको थिएन । तर, यसपटक भने कोपाका खेल पिक्चर्स नेटवर्कले लाइभ गर्ने भएको छ ।  

यस संस्करणको मुख्य आयोजक अर्जेन्टिना रहेर अर्जेन्टिनामै आयोजना हुने तय भएपनि कोभिडका कारण ब्राजिलमा सारिएको हो । 

ब्राजिल सन् २०१९ मा भएको कोपाको ४६औं संस्करणको पनि आयोजक हो । २०१९ मा ब्राजिलले घरेलु मैदानमा कोपाको उपाधि जितेको थियो । ब्राजिलले त्यसबेला अर्जेन्टिनालाई सेमिफाइनलमा २–० ले हराउँदै प्रतियोगिताबाटै आउट गराएको थियो । 

कुन समूहमा कुन कुन देश ?

समूह ‘ए’– ब्राजिल (साविक विजेता), पेरु (साविक उपविजेता), कोलम्बिया, इक्वेडर, भेनेज्वेला

समूह ‘बी’ – अर्जेन्टिना, बोलिभिया, चिली, पराग्वे, उरुग्वे

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved