कोपा अमेरिकामा अर्जेन्टिनाद्वारा उरुग्वे पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2021 | 11:32:32 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । गुइदो रोडरिग्वेजको निर्णायक गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गतको खेलमा उरुग्वेलाई १–० ले हराएको हो । 

अर्जेन्टिना आफ्नो पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । 

अर्जेन्टिनाको जितमा १३औं मिनेटमा रोडरिग्वेजले हेडरमार्फत गरेको गोल नै पर्याप्त बन्यो । बाँकी अवधिमा दुबै टोलीबाट कुनै गोल नभएपछि अर्जेन्टिना विजयी भएको हो । 

कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई दिएको छोटो पास मेसीले बाँयातर्फबाट रोडरिग्वेजलाई क्रस दिएका थिए । सोही बलको सदुपयोग गर्दै रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved