यसरी सुरु भयो नेपाली भाषामा युरोकपको कमेन्ट्रि, 'जहाँ नेपाली दर्शक, त्यहाँ नेपाली भाषा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 06:11:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मिनी विश्वकपको रुपमा लिईने युरोकप २०२० का खेलहरु युरोपका ११ देशका बिभिन्न शहरहरुमा जारी छ। यसय पटकको युरोकप  बिगतको भन्दा केहि फरक फर्म्याटमा खेलाइएका  छन् भने युरोपका ११ देशहरु मिलेर यसको संयुक्त रुपमा आयोजना गरेका छन्।

त्यसो त कुनै पनि खेल सम्बन्धित देश र क्षेत्रमा मात्र सिमित नभई त्यसले विश्वलाई नै एक परिवार बनाईरहेका हुन्छन्, त्यसमा पनि फुटबलसँग जोडिएका ठुला प्रतियोगिताले खेल जहाँ जुन देशमा आयोजना भएपनि त्यसले विश्वलाई नै जोडेको छ।

युरोपका ११ वटा शहरहरुमा युरोकप अन्तर्गतका खेलहरु भईरहंदा यसमा नेपालका दर्शकहरु पनि नजोडिने कुरै भएन। तर बिगतमा अंग्रेजी वा अरु भाषामा युरोकपका खेलका टिप्पणीहरु सुनेका नेपालीहरुले भने यसपटक नेपाली भषामा नै टिप्पणीहरु सुन्न पाएका छन्।

नेपाली भाषामा कमेट्रि सुन्दा यस्तो लाग्छ, खेल नेपालमै भईरहेको छ भन्ने भान समेत हुन्छ। युरोकपसँग आत्मीय रुपमा नेपालका दर्शकलाई जोड्ने अवसर भने ओरीजीनल इन्टरटेनमेन्ट प्राली (ओइपीएल) र डिसहोमले मिलेर गरेका हुन्, सायद यो जानकारी धेरैलाई पनि हुन सक्छ।

याे पनि ःडिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरो कप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

हो,  ओरीजीनल इन्टरटेनमेन्ट र डिसहोमको सहकार्यमा Action sports HD मा तपाइँले नेपाली भाषाको कमेन्ट्रि सुनिरहनु भएको हो। यी दुवै सँस्थाले अघिल्लो बर्ष रुसमा भएको विश्वकपका खेलहरु नेपाली भाषामा कमेन्ट्रि गरेर आफ्नो यो नौलो योजना सुरु गरेका थिए। 

अघिल्लो बर्षको विश्वकपबाट सुरु भएको यो नेपाली कमेन्ट्रिको अभियान  यसपटकको यूरोकपका खेलमा थप व्यवस्थित र आकर्षक बनेका छन्। खेल सुरु हुनु भन्दा १ घण्टा अगाडि हुने प्रिम्याच र त्यस खेलको विश्लेषण सुनेर अनुमान गर्न सकिने सुविधा समेत यी संस्थाले दिएका छन्। 

ओइपीएलले खेल सुरु हुने वित्तिकै नेपाली भाषामा कमेन्ट्रि सुरु गर्ने गरेको छ। नेपाली दर्शकले जुनसुकै खेल पनि नेपाली भाषामा सुन्न पाउने ओइपीएलका अध्यक्ष दयाराम पाण्डेले बिजपाटीलाई बताए। नेपालमा नेपाली भाषामा कमेन्ट्रि गर्न आफुहरुले नै सुरु गरेको बताउँदै उनले यो प्रभावकारी हुँदै गएको र अपेक्षा अनुरुप सफल हुँदै गएको उनको भनाई छ।  

खेल सुरु हुनु भन्दा एक घण्टा अगाडिको समयमा सरोकारवालाहरुसँग छलफल गर्ने, प्रतिकृया लिने गरिरहेको हामीले देखि रहेका छौँ।  नेपालका पूर्व खेलाडीहरु हरि खड्का, अनिल गुरुङ लगायत खेलका कोचहरु, एन्फाका पदाधिकारिहरु तथा अन्य खेलकुद सँग सम्बन्धित नेपालका  विज्ञहरुसँग प्रि म्याचिङ छलफल गर्दै गर्दा यी खेलहरु नेपालकै कुनै शहरमा भईरहेका छन् जस्तो आभास हुन्छ।

बिगतमा खेलका दर्शकको प्रश्नहरु तथा जिज्ञासाहरु सम्बोधन गर्ने फर्म्याट रहेपनि यसपटक कोरोनाका कारण त्यो प्रभावित भएको पाण्डेको भनाई छ।  तर वातावरण सहज भएपछि दर्शकका जिज्ञासा समेत सम्बोधन हुने उनले विश्वास दिलाएका छन्।

नेपालमा भएका जतिपनि खेलहरु छन् त्यसलाई प्रत्यक्ष प्रशारण गरिरहेको र नेपाली खेलाडी जहाँ जहाँ पुगेर खेलेका छन्, ति सबै खेल नेपाली दर्शकलाई देखाउँने उदेश्यले नै नेपाली भाषामा कमेन्ट्रि गरिरहेको पाण्डेको भनाई छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved