कोपा अमेरिकामा अर्जेन्टिनाद्वारा बोलिभिया ४–१ गोलले पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 09:19:59 AM मा प्रकाशित

laxmi  sunrise bank

जारी कोपा अमेरिका २०२१ मा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४–१ गोलले पराजित गर्न कप्तान लियोनेल मेसीले २ गोल गरे । 

खेलको छैठौं मिनेटमै अलेजान्ड्रो गोमेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । बोलिभियालाई पहिलो हाफमै ३–० ले पछि पार्न अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा मेसीले गोल गरे ।

बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काए । तर, त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै नजिता ४–१ बनाए । 

जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्‍वेडरको सामना गर्नेछ ।

यस्तै मंगलबार बिहानै भएको अर्को खेलमा इन्डिसन कभानीको निर्णायक गोलमा उरुग्वेले पाराग्वेलाई पराजित गरेको छ । कभानीले २१औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक मात्र गोल अ‍ेल जित्न पर्याप्त बन्यो ।

अब उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved