किरणले जिते गोलकिपर अफ दि सिजन अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 05:40:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । आइ लिग फ्यान सिजन अवार्डमा किरणले गोलकिपर अफ दि सिजन अवार्ड हात पारेका हुन् । 

गत सिजन राउण्ड ग्लास पञ्जाबबाट लिग खेलेका किरणले आफूले खेलेका १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए । सबै खेलमा गरी कुल ५६ प्रहार जोगाएका उनले ८२ प्रतिशत प्रहारलाई गोल हुनबाट जोगाएको भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले जनाएको छ । 

आई लिगको उत्कृष्ट गोलकिपर अवार्ड जितेपछि किरणले आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

केही समय अघि मात्रै सकिएका विश्व कप र एसियन कपको छनौट चरणका खेलमा पनि उत्कृष्ठ प्रदशैन गरेका किरणलाई विश्वभरीका नेपालीहरुले बधाई दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved