आईसीसी बरियतामा नेपालका ४ खेलाडी, मल्ल र भुर्तेल माथि उक्लिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 08:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए ।

आइसिसीले जारी गरेको बरियतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन् । यस्तै लामिछाने ७६औँ स्थानमा रहेका छन् । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved