कोपा अमेरिकाको सेमिफाइनलमा पुग्यो अर्जेन्टिना, मेस्सीको प्रेरणादायी प्रदर्शनमा इक्वेडर पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 09:35:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सुपरस्टार लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । 

ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न खेलमा मेस्सीले १ गोल गरे । टिमका तर्फबाट भएका अरु दुई गोलका लागि उनले पास उपलब्ध गराएका थिए । ८४ औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोलमा मेस्सीले पास उपलब्ध गराए । खेलको ४० औं मिनेटमा मेस्सीले दिएको ‘फास्ट’ पासको सदुपयोग गरी रोड्रिगो डी पाउलले पहिलो अन्तराष्ट्रिय गोल गरे ।

९० मिनेटको निर्धारित समय सकिएपछि थपिएको समयमा अर्जेन्टिनाले फ्रि–किकको अवसर पायो । उक्त फ्रि–किकको सदुपयोग गर्दै मेस्सीले गोल गरे । योसँगै अर्जेन्टिना ३–० ले विजयी भयो । 

यसैबीच आजै भएको अर्को खेलमा कोलम्बियासँग पेनाल्टी शुटआउटमा पराजित भएसँगै १५ पटकको च्याम्पियन उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ । निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको खेलमा कोलम्बिया ४–२ गोलले विजयी भयो । कोलम्बियाका सबैले पेनाल्टीमा गोल गर्दा उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजले मात्र गोल गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved