ब्राजिल कोपा अमेरिकाको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 08:16:32 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । पेरुमाथि १–० को जित निकाल्दै साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । 

खेलको ३५ औं मिनेटमा नेइमारको ब्याकपासमा लुकास पाकेस्टाले गरेको एक गोल निर्णायक बन्यो । दोस्रो हाफमा पेरुले अधिकांश समय बल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन ।

दोस्रो सेमिफाइनलमा भोली बिहान अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् । 

साविक बिजेता ब्राजिलले अब रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया बीचको खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल जुलाई १० मा हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved