किपर नायक बन्दा अर्जेन्टिना कोपाको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 09:10:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो । 

प्रमुख उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ३–२ अन्तरमा जित निकालेको हो । 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल सोझै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । कोपाको नियम अनुसार ९० मिनेटको निर्धारित समयमा हार–जित नभएपछि खेल अतिरिक्त समय नथपी सोझै पेनाल्टी सुटआउटमा जाने नियम थियो । 

अर्जेन्टिनी गोलकिपर मार्टिनेजले कोलम्बियाका खेलाडीले प्रहार गरेका ३ वटा पेनाल्टी बचाएपछि अर्जेन्टिना फाइनल पुग्न सफल भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved