एभरेष्ट प्रिमियर लिगलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 07:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई मान्यता प्रदान गरेको छ । आगामी असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको प्रतियोगितालाई आईसीसीले आधिकारिक मान्यता दिएको आयोजकले जनाएको छ।

२०७७ चैत १ देखि १५ गतेसम्म हुने गरि तय भएको प्रतियोगिता कोरोना महामारीको कारण स्थगित भएको थियो । इपिएलमा छ फ्रेन्चाइज टोली काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स भिड्ने छन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रतियोगिता संचालनको लागि स्वीकृति दिईसकेको इपिएलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आमिर अख्तरले बिजपाटीलाई बताए। प्रतियोगिता वान स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने छ । 

चैत्रमा हुने गरि तय भएको प्रतियोगितामा टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत आउने तय भएको थियो। नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत थिए । मिति सरे संगै ति खेलाडी आउँछन् वा आउदैनन् भन्ने टुंगो लागीसकको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved