कोपाको उपाधि अर्जेन्टिनालाई, सुपरस्टार मेस्सीको अन्तराष्ट्रिय उपाधिको खडेरी तोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 07:43:30 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । २८ वर्षपछि कोपाको उपाधि जितेसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तराष्ट्रिय उपाधिको खडेरी तोडिएको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० ले हराउँदै उपाधि जितेको हो । खेलको २३ औँ मिनेटमा  एंगेल डी मारियाल गरेको गोल निर्णायक बन्यो ।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । सन् २०१५ र २०१६ मा कोपाको फाइनल खेलेको अर्जेन्टिना चिलीसँग पराजित रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved