अर्जेन्टिनालाई कोपाको उपाधि दिलाएका मेस्सीलाई २ अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 10:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबल २०२१ को विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले २ अवार्ड हात पारेका छन् । आज बिहान भएको फाइनल खेलमा आयोजक ब्राजिललाई उसकै घरेलु मैदानमा १–० ले हराउँदै उपाधि उचालेको अर्जेन्टिनाका कप्तान मेस्सीले २ अवार्ड हात पारेका हुन् ।

उनले ‘टप गोल स्कोरर अफ द टुर्नामेन्ट’ र ‘बेष्ट प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड पाएका हुन् । 

कोपाका ७ खेलमा मेस्सीले ४ गोल र ५ असिस्ट गरेका छन् । ७ खेलमध्ये मेस्सी ४ खेलमा म्यान अफ द म्याच घोषित भएका थिए । उनले फाइनलमा गोल र असिस्ट गर्न भने सकेनन् । खेलको अन्तिम समयमा मेस्सीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् ।

आजको फाइनलमा अर्जेन्टिनाका लागि डि मारियाले २२ औँ मिनेटको गरेको गोल नै निर्णायाक बन्यो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved