लियोनमाथि पीएसजीको पुनरागमन जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 08:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार छैठौँ जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लियोनमाथि २–१ को पूनरागमन जित निकाल्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीको जितमा नेयमार र मोउरो इकार्डीले गोल गरे । खेलको १७औं मिनेटमा मेस्सीले गरेको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेसले बचाए ।३७औं मिनेटमा मेस्सीको फ्रिकिक पोस्टमा लाग्दै बाहिरिँदा पीएसजी अग्रता लिनबाट चुक्यो । 

पहिलो हाफमा पीएसजीको दबाबमा देखिएको पाहुना टोली लियोनले ५४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट अग्रता लियो । 

पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई फल गरेपछि रेफ्रीले ६६औं मिनेटमा पीएसजीलाई पेनाल्टी दिए । नेयमारले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । ८२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका इकार्डीले केलियन एमबाप्पेको पासमा गोल गरे ।

जितपछि पीएसजीको १८ अंक पुगेको छ । पीएसजीले एक खेल कम खेलेको मार्सेलाई ५ अंकले पछि पारिसकेको छ । पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved