विश्व वरीयतामा सन्दीपको सानदार फड्को

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 09:08:43 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् । आइसिसीको नयाँ ओडिआई वरियतामा सन्दीपले एकैपटक १२ स्थान सुधार गर्दै फड्को मारेका हुन् ।

नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले भारतका हार्दिक पान्ड्या,  अष्ट्रेलिया मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसन समेतलाई पछि पारेका छन् । हार्दिक ८२ औं, मार्श ८४ औं, स्टोइनिस ८६ औं र जेमिसन ९७ औं स्थामा छन् । यसअघि ९१ औँ स्थानमा रहेका सन्दीप ७९ औँ स्थानमा उक्लिएका हुन् ।

ओमान भ्रमणमा सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो । आइसिसी विश्वकप लिग–२ नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनीसँगको २ ओडिआई खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

कुल ५ इनिङ खेलेका सन्दीपले १८ विकेट लिए । पपुवान्युगिनीसँगको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।

ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण बलिङ नगरेका सन्दीपले अमेरिकासँग दोस्रो खेलमा २ र ओमानसँग अन्तिम खेलमा ४ विकेट लिए । सन्दीपले १६ ओडिआई खेलमा ४१ विकेट लिईसकेका छन् । 

ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी परेनन् । 

टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८२ औं स्थानमा छन् । टि२० आईकै ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा छन् ।

नेपाल ओडिआई वरियतामा १६ औं र टि२० आई वरियतामा १३ औं स्थानमा यथावत छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved