जर्मनी बन्यो कतार विश्वकपमा छनोट हुने पहिलो राष्ट्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2021 | 08:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१४ को विश्वकप विजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले हराउँदै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।

समूह ‘जे’ मा २ चरणको खेल बाँकी रहँदै जर्मनी सन् २०२२ कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको हो । 

जर्मनीले अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेल हरेपनि जर्मनीलाई दोस्रो स्थानमा रहेको टोलीले भेट्न सक्दैन । जर्मनीले ८ खेल खेल्दा ७ मा जित र १ मा हारको सामाना गरेको छ । गत अप्रिलमा नर्थ म्यासेडोनियासँगै जर्मनीले २–१ हो हार बेहोरेको थियो ।

सोमबार राति भएको खेलमा घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा बलियो जर्मनीलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

५०औं मिनेटमा थोमस मुलरको पासमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता लियो । ७०औं मिनेटमा मुरलरकै पासमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । 

७३ औँ मिनेटमा फ्लोरियन रिट्जको पासमा वेर्नरले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ८०औँ मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाए ।

यो जितसँगै समूह जे मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित म्यासेडोनिया १२ अंकका साथ तेस्रो स्थानमा छ । रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

‘कतार विश्वकप २०२२’ २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved