नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई तथा फाइनल खेलको शुभकामना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2021 | 07:15:23 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकि छन्। 

उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन्। 

राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन्। 

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved