यी ३ कारण साफ च्याम्पियनसिपमा भारतसँग पराजित भयो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2021 | 08:51:53 AM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनशिप प्रतियोगितामा उत्कृष्ट प्रदशन गरेको नेपालले अन्तत: उपाधि जित्नबाट चुकेको छ। फाइनलमा चर्को दबाब थेग्न नसक्दा नेपाल भारत बिरुद्द ३-० ले पराजित भएको हो। 

भारि बर्षा, फाइनल खेलको दबाब, 'डगआउट' मा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अनुपस्तिथि जस्ता कारणले नेपाललाई फाइनल खेलमा दबाबमा राख्यो। जसले गर्दा उत्कृष्ट प्रदशनका बावजुत उपाधि जित्नबाट नेपाल चुक्यो। 

पहिलो हाफसम्म सम्हालिएको नेपाल दोस्रो हाफको एक मिनेट सम्हालिन नसक्दा पुरै खेल दबाबमा रहन पुग्यो। दोश्रो हाफको ४९ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले १ गोल गरे। त्यसको लगत्तै ५० औं मिनेटमा सुरेश सिंगले दोस्रो गोल गरे। 

खेलको अन्तिमसम्म २-० ले पछाडी परेको नेपाल दोस्रो हाफमा थपिएको १ मिनेटमा थप १ गोल खान पुग्यो र अन्तत: भारतसँग फाइनलमा ३-० को हार ब्योहोर्यो। 

नेपाल साफ च्यामपियनशिपको इतिहासमै पहिलो पटक फाइनल खेलेको हो जुन आफैंमा ऐतिहासिक थियो। त्यस्तै भारत भने आठौँ पटक साफ बिजेता बन्न सफल भएको छ र यससंगै दक्षिण एसियामा फुटबलमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved