घरेलु मैदानमा भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित, सर्जियो अगुएरोको डेब्यू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2021 | 08:20:15 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा अन्तर्गतको आफ्नो आठौं साताको खेलमा बार्सिलोनाले उत्कृष्ट कमब्याक जित दर्ता गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा भ्यालेन्सियामाथि ३–१ को पुनरागमन जित हात पारेको हो ।

नयाँ सिजनमा बार्साको यो चौथो जित हो ।

घरेलु मैदानमा बार्सिलोनाले पाँचौ मिनेटमै गोल खाएर पछि परेको बार्सिलोनाले उत्कृष्ट कमब्याक गर्न सफल भयो । भ्यालेन्सियाका कप्तान जोसे गायाले बक्स अघिबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि बार्सिलोना सुरुमै दबाबमा पर्यो । 

तर, १३औं मिनेटमा मेम्फिस डिपाएको असिस्टमा युवा स्टार अन्सु फातीले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । 

बार्सिलोनाले खेलको ४१औं मिनेटमा पेनाल्टी पायो । भ्यालेन्सियाका डिफेन्डरले बक्सभित्र बार्सिलोनाका अन्सु फातीमाथि फउल गरेपछि पाएको पेनाल्टीमा डिपाएले गोल गर्दै घरेलु टिमलाई २–१ को अग्रता दिलाए । 

त्यसपछि अन्सु फातीको स्थानमा मैदान छिरेका ब्राजिलियन स्टार फिलिपे कोउटिन्होले सर्जिनो डेस्टको पासमा ८५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए । 

बार्सिलोनाका नयाँ खेलाडी सर्जियो अगुएरोले पनि डेब्यू गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेर प्रशिक्षणका क्रममा घाइते भएर आराममा रहेका अर्जेन्टिनी फरवार्ड अगुएरोले ३ महिनापछि डेब्यू गरेका हुन् । डेब्यू खेलमा उनले निर्धारित समयको ३ मिनेट र थप समय ४ मिनेट गरी कूल ७ मिनेट खेलेका छन् ।

यो जितपछि बार्सिलोना ८ खेल खेल्दै १५ अंक बनाएर लिगको सातौं स्थानमा छ । एक खेल बढी खेलेको रियल सोसिडाड बार्साभन्दा ५ अंकले अघि छ । समान खेल खेलेको रियल मड्रिड र एथ्लेटिको मड्रिडको भने बार्सिलोनाको भन्दा २ अंक बढी छ । रियल दोस्रो र एथ्लेटिको चौथो स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved