रियल बेटिस र स्पान्योल विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 09:01:44 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगामा रियल बेटिस र स्पान्योल विजयी भएका छन् । सोमबार राति भएको खेलमा रियल बेटिसले डिर्पोटिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा स्पान्योलले काडिजलाई २–० गोलले स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक खेलमा बेटिसलाई जिताउन बोर्जा इग्लेसियसले ८९औं मिनेटमा निर्णायक गोल गरे । बोर्जाले जोआक्वीनको पासमा गोल गरेका थिए । ६४ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बेटिसलाई गोल गर्न निकै संघर्ष गर्नु परेको थियो ।

बेटिसले खेलभर १९ वटा पोस्ट प्रहार गरेको थियो । यता ३६ प्रतिशत बल पोसेसन राखेको अलाभेसले १४ वटा पोस्ट प्रहार गरेपनि गोल फर्काउन सकेन । बेटिसका जोआक्वीन ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बेटिस आठौं स्थानमा उक्लिएको छ । नौ खेल सकेको बेटिसको १५ अंक छ । पराजित अलाभेस रेलिगेसनको दबाबमा छ । तीन अंक बनाएको अलाभेस १९औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा स्पान्योललाई जिताउन राउल डे टोमस र निको मेलामेडले गोल गरे । राउलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए । मेलामेडले ६५औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५४ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले खेलभर १४ वटा पोस्ट प्रहार गरेको थियो ।

काडिजले पनि १३ वटा पोस्ट प्रहार गरेको थियो । तर क्याडिजको लगातार प्रयासमा स्पान्योलको रक्षापंक्ति बाधक बन्यो । स्पान्योलका राउल डे टोमस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै स्पान्योल ११औं स्थानमा उक्लिएको छ । स्पान्योलले नौ खेलबाट १२ अंक बनाएको छ । पराजित काडिज सात अंक सहित १६औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved