पिएसजीको कमब्याक जितमा मेस्सीको २ गोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2021 | 08:23:51 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको तेस्रो खेलमा फ्रेन्च क्लब पीएसजीले उत्कृष्ट पुनरागमन जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा पीएसजीले घरेलु मैदानमा पाहुना टोली जर्मन क्लब आरबी लेइपजिगमाथि ३–२ को पुनरागमन जित हात पारेको हो ।

पीएसजीको कमब्याक जितमा सुपरस्टार लियोनल मेस्सी नायक सावित भए । उनले २ गोल गरे । प्रमुख खेलाडी नेइमार चोटका कारण मैदान बाहिरै रहेको खेलमा पीएसजीलाई जित दिलाउन मेस्सी नायक बने ।

खेलको ९ मिनेटमै केलियन एमबाप्पेले गोल गरेर पीएसजीलाई अग्रता दिलाएका थिए । तर, लेइपजिगले त्यसपछि लगातार २ गोल गर्दै घरेलु टोली पीएसजीलाई दबाबमा राख्यो । २८औं मिनेटमा आन्द्रे सिल्भाले गोल गरेर खेल १–१ को बराबरीमा पुर्याए भने ५७औं मिनेटमा नोर्दीले गोल गरेपछि पिएसजी घरेलु मैदानमा १–२ ले पछि पर्यो ।

तर, खेलको ६७औं मिनेटमा मेस्सीले एमबाप्पेको क्रस पासमा गरेको पोष्ट प्रहार पोलमा लागेर गोलमा परिणत भएको थियो । उक्त गोलको म्ददतमा पिएसजी खेलमा फर्कियो । 

खेलको ७४औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । बक्सभित्र एमबाप्पेलाई लेइपजिगका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै खेल ३–२ को अवस्थामा पुर्याए ।

खेलको इन्जुरी समयमा पनि पीएसजीले पेनाल्टी पाएको थियो । भिएआर मार्फत् दिईएको पेनाल्टी मेस्सीले हानेनन्, एमबाप्पेले हाने । तर, उनको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । यदि उक्त पेनाल्टी मेस्सीले हानेको भए उनले पीएसजीमा पहिलो ह्याट्रिक गोल दर्ता गर्ने अवस्था थियो ।

अर्को टिमबाट पनि इन्जुरी समयसम्म गोल नभएपछि खेल पीएसजीले ३–२ ले जित्यो ।

जितपछि पीएसजी ३ खेलमा ७ अंक जोडेर समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो हार बेहोरेको लेइपजिग अंकविहीन हुँदै पुछारमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved