टेस्ट राष्ट्रलाई हराउदै एशोसियट देश नामिबिया टि २० विश्वकपको दोस्रो चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 07:29:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एशोसियट राष्ट्र नामिबिया टि २० विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई ८ विकेटले हराउदै नामिबियाले पहिलो पटक टि २० विश्वकपको दोस्रो चरण अर्थात् मुख्य प्रतियोगिताको लागि स्थान बनाएको हो ।

पहिलो चरणको खेलको समुह ए बाट श्रीलंका र नामिबिया दोस्रो चरण प्रवेश गरेका हुन् । समुह बि बाट भने स्कटल्याण्ड र बंगलादेश दोस्रो चरण पुगेका छन् । समुह ए बाट आयरल्याण्ड र नेदरल्याण्ड बाहिरएको छ भने समुह बि बाट ओमान र पीएनजी बाहिरिएको छ । मुख्य प्रतियोगितामा अब नामिबियाले भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्याण्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

यस संग अब टि २० विश्वकपको मुख्य प्रतियोगिताको लागि समुह समीकरण पुरा भएको छ । जस अनुसार ग्रुप ए मा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, साउथ अफ्रीका, श्रीलंका, र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै समुह बि मा नामिबिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्याण्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छन् । हरेक समुहको शिर्ष २ मा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

मुख्य प्रतियोगिता भोली शनिवारबाट सुरु हुने छ भने आइतबार भारत र पाकिस्तानबीचको बहु प्रतिक्षित खेल हुने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved