टि २० विश्वकपमा आजबाट सुपर १२ का खेलहरु सुरु हुदै, कुन देशबाट कसरी हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2021 | 01:16:51 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईमा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगितामा आज शनिवारबाट सुपर १२ को खेलहरु हुदै छन् । पहिलो चरणबाट छनौट भएका ४ र दोस्रो चरणको लागि यस अघि नै छनौट भएका ८ गरि कुल १२ टोलीलाई २ समुहमा बाडेर सुपर १२ को खेल हुन लागेको हो । 

पहिलो चरणको खेलको समुह ए बाट श्रीलंका र नामिबिया दोस्रो चरण प्रवेश गरेका छन्। समुह बि बाट भने स्कटल्याण्ड र बंगलादेश दोस्रो चरण पुगेका छन् । समुह ए बाट आयरल्याण्ड र नेदरल्याण्ड बाहिरएको छ भने समुह बि बाट ओमान र पीएनजी बाहिरिएको छ ।  

 जस अनुसार ग्रुप ए मा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, साउथ अफ्रीका, श्रीलंका, र वेस्ट इन्डिज रहेका छन् । त्यस्तै समुह बि मा नामिबिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्याण्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छन् । हरेक समुहको शिर्ष २ मा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन् ।  आज नेपाली समय अनुसार दिउँसो ३:४५ बजे अष्ट्रेलिया र साउथ अफ्रीका भिड्ने छन् बेलुका ७:४५ बजे इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्ने छन् । वेस्ट इन्डिज प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।  

यस प्रतियोगीताका खेलहरु नेपालमा स्टार स्पोर्ट्समा हेर्न सकिने छ ।   त्यस्तै भारत, भुटान र माल्दिभ्समा पनि स्टार स्पोर्ट्समा खेलहरु हेर्न सकिने छ ।   

हेर्नुस कुन देशमा कसरी हेर्ने लाइभ ?

Television

TerritoryLinearDigital
IndiaStar Sports NetworkHotstar
PakistanPTV Sports, AsportsDaraz app/www.daraz.pk
BangladeshGTV, T-Sports & BTVRabbithole, Bioscope, MyGP
Nepal, Maldives, BhutanStar Sports NetworkTBC
AfghanistanRTA Sports & Ariana TVTBC
MENACricLife MaxSwitch TV, Starz Play
Sri LankaSiyatha TV, Star Sportswww.siyathatv.lk
AustraliaFox CricketFoxtel GO, Foxtel NOW,Kayo Sports
UKSky Sports Cricket, SkySports Main Event, Sky Sports MixSky Sports app & www.skysports.com
New ZealandSky Sport 3Skysportnow.co.nz & skygo.co.nz
USAWillow, Willow XtraESPN+
CanadaWillow CanadaHotstar
South AfricaSuperSport Cricketwww.supersport.com & the SuperSport app
MalaysiaAstro CricketHotstar
Hong KongAstro Cricket (PCCW)YuppTV
SingaporeAstro Cricket(Singtel)Hotstar
Pacific IslandsTVWAN Action PNG & TVWAN Action PACPlayGo
Continental Europeand SEANAYuppTV
CaribbeanESPNESPN

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved