अफगानिस्तानलाई जितेपनि अझैं अप्ठ्यारोमा भारत, यस्तो भएमात्र पुग्छ टि२० सेमिफाइनल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 11:01:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तान बिरुद्दको जितको बावजुत पनि भारतलाई जारी टि-२० विश्वकपको सेमिफाइनलको यात्रा कठिन बन्न पुगेको छ। हिजो बुधबार भएको खेलमा अफगानिस्तानलाई ६६ रनले पराजित गरेपनि रनरेटको आधारमा भारतको लागि सेमिफाइनलको यात्रा कठिन बनेको हो। 

९९ रनभित्र अफगानिस्तानलाई पराजित गर्न सकेको भए अवस्था केहि सहज हुने देखिएपनि त्यो सम्भव नभएपछि यात्रा कठिन भएको हो। सेमिफाइनल पुग्नका लागि आफुले उत्कृष्ट प्रदशन गर्नुपर्ने दबाबको साथै अरु देशको खेलमा पनि भारतको भविष्य तय हुनेछ। 

बलियो टिम भएपनि अहिलेको अवस्थामा भारत आफैं मुख्य जिम्मेवार हो। पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित हुन पुग्यो। 

अर्कोतर्फ अफगानिस्तान दुई जित र एक हारको साथ भारतसँग हिजो खेल्दा अफगानिस्तानले उत्कृष्ट प्रददशन गर्दै मात्र ६६ रनको अन्तरले पराजित भयो। उता अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको बिशाल अन्तर र नामिबियालाई ६२ रनको अन्तरले पराजित गर्न सफल भयो। त्यहीं पाकिस्तान बिरुद्दको खेलमा पनि अफगानिस्तान मात्रै ५ विकेटले पराजित हुन पुग्यो।  

अफगानिस्तानसँग खेल्नु पुर्व भारत अंक तालिकामा दुई हारको बावजुद नामिबिया भन्दा पनि पछाडी पाँचौं स्थानमा थियो। उसको खातामा कुनै अंक थिएन भने रन रेट पनि माइनस १।६०९ थियो, जुन नामिबिया भन्दा पनि कम्जोर स्थित हो। नामिबियाको खातामा तीन खेलमा दुई हार र एक जित छ जसकारण उसको दुई अंक र रन रेट माइनस १।६०० थियो।

अब भारतको सम्भावना  

अफगानिस्तानलाई जितेपनि भारत ग्रुप २ मा तीन खेलमा एक जित र दुई हारको साथमा ०।०७३ को रन रेटको साथमा चौथो स्थानमा छ। पाकिस्तान लगातार चार जितको साथ सेमिफाइनल पुगिसकेको छ। अफगानिस्तान अहिले पनि चार खेलमा दुई जित र दुई हारका साथ चार अंक र १।४८१ रन रेटको आधारमा दोस्रो स्थानमा छ। 

न्युजिल्याण्ड तीन खेलमा दुई जित र एक हारको साथ चार अंक र ०।८१६ रन रेटको आधारमा तेस्रो स्थानमा छ। 

अब भारतको लागि अंक गणितको खेल देखिन्छ। यदि अफगानिस्तानले न्युजिल्याण्डलाई पराजित गर्यो भने अफगानिस्तानको अंक ६ हुन्छ र त्यस पश्चात न्युजिल्याण्ड आफ्नो अन्तिम खेल जित्छ भने उसको पनि अंक ६ हुन्छ। र भारतले अबको दुई खेलमा दुई नै जित निकाल्यो भने उसको पनि अंक ६ हुन्छ। र यो नै भारतको लागि एउटा सम्भावना हो। तर राम्रो रन रेटको लागि भारतले अबको दुई खेल ठुलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved