राखेपका सदस्य सचिव घिसिङले गरे पदभार ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 06:13:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । 

सपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित परिषदको कार्यालयमा पुगेर पदभार पनि ग्रहण गरेका छन् । उनले राष्ट्रिय खेलाडीको बीमा र टोलीको सुधारमा आफ्नो जोड रहने बताएका छन् । 

सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई ४ वर्षको लागि राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

रामेछापका बासिन्दा घिसिङ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved