ला लिगा अब ५० रुपैयाँमै हेर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 11:17:23 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल अब ५० रुपैयाँमा प्रतक्ष हेर्न पाइने भएको छ । हरेक हप्ता आउने ला लिगाको खेल हप्ताको ५० रुपैयाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ ।

ला लिगाको यो होल सिजन यस्तो ब्यवस्था उपलब्ध गराइन लागिएको डिस मिडिया नेटवर्क लिमिटेडका विजनेस डेभलपमेन्ट म्यानेजर भुपाल सिंह बस्नेतले जानकारी दिनुभयो । यस सुविधा डिसहोम एक्सन स्पोर्टस एचडी २ मा उपलब्ध हुनेछ ।

स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु यस सिजनको सुरुदेखि नै एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

ला लिगाको उपाधि दौडमा अहिले रियल म्याड्रिड अगाडि छ । तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले बुधबार राति भएको खेलमा एथलेटिक बिल्बाओलाई १–० गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गरे । बेन्जेमाले ४०औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए । जारी सिजन उच्च लयमा रहेका बेन्जेमाको यो १२औं गोल हो । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षसुचीमा छन् ।

घरेलु मैदानमा ६२ प्रतिशत बल पोसेसन राखेको रियललाई गोल गर्न भने निकै संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा रियलको लगातार प्रयासमा बिल्बाओका गोलरक्षक युनई सिमोन बाधक बनेका थिए । बिल्बाओले पनि राम्रा अवसर खेर फालेको थियो । रियलका करिम बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै रियलले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ । लिगमा १५ खेल सकेको रियलको ३६ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । रियलसँग पराजित बिल्बाओ २० अंक सहित आठौं स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved