स्पेनिस ला लिगाः भ्यालेन्सियालाई स्पान्योलको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2022 | 09:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगाको मध्यम टोली भ्यालेन्सियालाई स्पान्योलको नमिठो धक्का लागेको छ । शुक्रबार रातिदेखि सुरु भएको १९औं राउन्डको खेलमा भ्यालेन्सिया स्पान्योलसँग २–१ गोलले पराजित भयो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई हराउन स्पान्योलका राउल डे टोमस र जाभी पाउडोले गोल गरे । भ्यालेन्सियाका ओमार अल्डेरेटको गोल सान्त्वना गोलमा परिणत भयो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो । ५१औं मिनेटमा ओमार अल्डेरेटले हेल्डर कोस्टाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । तर, ८३औँ मिनेटमा हुगो डुरो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटियो । लगत्यै पाहुना टोली स्पान्योलले पेनाल्टी गोल मार्फत खेललाई बराबरीमा ल्यायो ।

राउल डे टोमसले पेनाल्टीको सदुपयोग गरे । ८८औं मिनेटमा जाभी पाउडोले जोफ्रे क्यारेरसको पासमा गोल गर्दै स्पान्योललाई महत्वपूर्ण जित दिलाए । ६३ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले खेलभर १५ वटा पोस्ट् प्रहार गरेको थियो । १० खेलाडीमा समेटिएपछि कमजोर देखिएको भ्यालेन्सिया हार खेप्न बाध्य बन्यो । स्पान्योलका जोफ्रे क्यारेरस ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै स्पान्योल नवौं स्थानमा उक्लिएको छ । स्पान्योलले १९ खेलबाट २६ अंक बनाएको छ । हारसँगै भ्यालेन्सियाले चौथो स्थानमा उल्कने मौका गुमायो । समान खेलबाट २८ अंक बनाएको भ्यालेन्सिया आठौं स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना २८ अंक सहित सातौं स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । सेभिया र बेटिसले एक खेल कम खेलेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved