फिफा वर्ष खेलाडीको लागि ३ खेलाडी सर्टलिस्ट, रोनाल्डो परेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2022 | 09:23:54 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा अवार्ड’को अन्तिम ३ को मनोनयन सार्वजनिक गरेको छ । प्रारम्भिक मनोनयनमा ११ जना परेकोमा फिफाले ति मध्येबाट ३ जनाको नाम सर्ट लिस्ट गरेर सार्वजनिक गरेको हो । 

अन्तिम ३ मा पुरुषतर्फ गतवर्षको विजेता बायाँन म्युनिकका रोबर्ट लेवान्डोस्की, अर्जेन्टिनी स्टार तथा पीएसजीका स्ट्राइकर लिओनल मेस्सी र लिभरपुलका मोहम्मद सलाह परेका छन् । मनोनयनमा परेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाहबाट अन्तिम ३ छनौट गरिएको हो ।

अब यी ३ बाट फिफाले १ जनालाई अवार्ड प्रदान गर्ने छ । विश्वभरका राष्ट्रिय टिमका कोच र कप्तानले विजेत छान्न भोट गर्ने छन् । सोहि भोटको आधारमा विजेत छनौट हुने छन् । 

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved