टी–२० विश्वकप छनौटको उद्घाटन खेल नेपाल र ओमानबीच हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 03:11:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।

ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ । नेपालले विश्वकप छनोट खेल्नुअघि चार देशसम्मिलित टी–२० सिरिज खेल्नेछ । ओमानमा हुने उक्त सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ । उक्त सिरिज माघ २८ देखि फागुुन २ गतेसम्म हुनेछ ।

नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते युएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved