मेस्सी चम्किँदा पिएसजीको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 09:22:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको उच्च प्रदर्शनमा फ्रान्सेली लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।

पीएसजीले लिललाई उसकै मैदानमा ५–१ को भारी अन्तरले पराजित गरेको हो । पिएसजीको फराकिलो जितमा ड्यानिलो पेरेइराले २ तथा प्रेसनेल किमपेम्वे, लियोनेल मेस्सी र केलियन एमबाप्पेले एक एक गोल गरे । घरेलु टोलीका स्भेन बोटमानले एक गोल फर्काए ।

आइतबार राति भएको खेलको १०औं मिनेटमा ड्यानिलो पेरेइराको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा स्भेन बोटमानले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

३२औं मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । ३८औं मिनेटमा मेस्सीले नै गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए । लिग वानमा पिएसजीका लागि यो मेस्सीको दोस्रो गोल हो । उनले समग्रमा १८ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।

५१औं मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा केलियन एमबाप्पेले मार्को भेराट्टीको पासमा गोल गर्दै पिएसजीलाई ५–१ को सानदार जित दिलाए ।

यो सानदार जितसँगै पिएसजीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । पिएसजीको २३ खेलबाट ५६ अंक पुगेको समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ४३ अंक छ । पराजित लिल ३२ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved