स्पेनिस ला लिगाः इल्चेलाई लिभान्तेको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2022 | 09:24:11 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगाको मध्यम टोली इल्चेलाई रेलिगेसनको मारमा रहेको लिभान्तेको धक्का लागेको छ । शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको इल्चे लिभान्तेसँग ३–० गोलले पराजित भयो ।

घरेलु मैदानमा लिभान्तेलाई सानदार जित दिलाउन जोस लुईस मोरालेस, जर्ज डि फुटोस र गोल्जालो मेलेरोले गोल गरे । मोरालेसले ३७औं मिनेटमा जर्ज डि फुटोसको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । ६७औं मिनेटमा फुटोसले माइकल मालसाको पासमा गोल गर्दै लिभान्तेको अग्रता दोब्बर बनाए ।

७३औं मिनेटमा इल्चे १० खेलाडीमा समेटिएको थियो । विपक्षीलाई खराव ट्याकल गरेपछि जेरार्ड गुम्बाउ रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि इल्चे थप दबाबमा रह्यो । ९०औं मिनेटमा मेलेरोले डानी गोमेजको पासमा गोल गर्दै लिभान्तेलाई सानदार जित दिलाए । ५७ प्रतिशत बल पोसेसन राखेपनि इल्चेले गोल रहित हार खेप्यो । लिभान्तेका जर्ज डि फुटोस ‘म्यान अफ दि म्याच’ भए ।

जितेपनि लिभान्ते तालिकाको अन्तिममा यथावत छ । लिभान्तेको २६ खेलबाट १८ अंक पुगेको छ । समान खेलबाट २९ अंक बनाएको इल्चे १३औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २५ खेलबाट ५७ अंक छ । दोस्रो स्थानमा रहको सेभियाको ५१ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ४६ अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved