एएफसी लाईसेन्स प्रमाणीकरणको लागि एपीएफलाई अग्नि ग्रुपको बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 05:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आवद्ध छ । सुरुवाती दिनदेखि नै क्लबको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्दै आईरहेको छ । यो कोसेढुङ्गा मनाउन पाउँदा अग्नि ग्रुप परिवार गौरवान्वित भएको भन्दै अग्नि ग्रुपले एपीएफलाई नेपालको आधिकारिक चौथो क्लब बनेकोमा हार्दिक बधाई पनि दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved