रोहित पौडेलको करिअरकै पहिलो सानदार सतक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 04:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय टिमका युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा सानदार शतक प्रहार गरेका छन् । रोहितले ९१ बलमा आफ्नो करिअरकै पहिलो अन्तराष्ट्रिय शतक प्रहार गरेका हुन् ।

रोहितले ९१ बलमा ७ चौका र २ छक्कासहित १ सय बनाएका हुन् । उनले १०७ बलमा १२६ रन बनाएर आउट भएका छन् । रोहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । 

यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा ११५ रनको शतकीय इनिङ खेलेका थिए ।

पाँचौं विकेटका लागि आरिफ र रोहितले १०४ रनको शतकीय साझेदारी गरे । जुन ओडिआईमा नेपालको कुनैपनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved