सन्दीप सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2022 | 02:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

सन्दीपले पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा १३ औं ओभरको पहिलो बलमा चाल्र्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेसँगै ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका हुन् । 

सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरे ।

ओडिआई विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट लिने खेलाडी भने श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिस हुन् । 

सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकरलाई पछि पारेका हुन् । अजितले २३ खेलमा ५० विकेट पूरा गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved