राखेपमा माओवादीको दादागिरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 10:28:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय खेलकुद परिषद (राखेप) अहिले कमजोर बनेको छ । अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति हेरफेरको किचलो देउवा सरकारले सुरु गरेपछि राखेपमा तनाव उत्पन्न भएको छ ।

अहिलेको सरकारमा युवा तथा खेलकुद मन्त्रालय माओवादीको भागमा छ । महेश्वरजंग गहतराजले यो मन्त्रालय सम्हालेका छन् । तर, अदालतको आदेश समेत न मन्त्रीले मानेका छन्, न उनले नियुक्त गरेका राखेपका सदस्य सचिवलाई मनाउन नै खोजेका छन् ।

युवा तथा खेलकुदमन्त्री गहतराजले कार्तिक १ गते राखेपका सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरे । त्यसपछि मंसिर १३ गते रामेछापका माओवादी नेता टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गरे ।

उता सिलवाल अदालत गए । सर्वोच्च अदालतले मंसिर २९ गते सिलवाललाई पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दियो । तर, टंकलाल घिसिङले सदस्य सचिव छोडेनन् । रोचक कुरा त के छ भने, अदालतले आदेश दिएको करिब ४ महिना हुँदा पनि अवहेलना हुने गरी अहिले पनि उनी राखेपको कार्यालयमा उपस्थित हुने गरेका छन् ।

अदालतले आदेश दिएपछि हाँजिर गर्न गएका सिलवाललाई माओवादीका कार्यकर्ताले त्यतिबेला हाँजिर गर्नै दिएका थिएनन् । 

अदालतबाट पुनर्बहाली पाएका सिलवाल पनि कार्यालय नजाने कुरा आएन । त्यसकारण राखेपमा अहिले दुई जना सदस्यसचिव कार्यालयमा उपस्थित हुने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved