जोमसोममा हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 02:53:48 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तराष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ । जेठ ७ गते हुने प्रतियोगितामा नेपालका १५ र विदेशका १० टिमको सहभागिता रहने छ। 

प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले जनाएको छ । 

पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ किलोमिटर दौड र १५.३५ किलोमिटर साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । 

अन्तराष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत,  बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने छन् । 

प्रतियोगितमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

प्रतियोगिता २ हजार ७ सय मिटरदेखि ३ हजार २ सय मिटरको उचाईमा आयोजना हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved