दीपेन्द्रको कीर्तिमानी शतक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2022 | 03:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले टि–२० आई क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेका छन् । दीपेन्द्रले त्रिकोणात्मक टि–२० आई सिरिजमा मलेसियाविरुद्ध नेपाली टि–२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनायो । 

दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का हिर्काउँदै ११० रनको अविजित इनिङ खेले । योसँगै दीपेन्द्र नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध बनाएको १०७ रनको कीर्तिमान तोडेका हुन् । २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ५२ बलमा ७ चौका र ९ छक्कासहित १०६ रन बनाएका थिए । 

कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अविजित बनेका थिए । 

आजको खेलसँगै दीपेन्द्र नेपालबाट ओडिआई र टि२० आई दुबैमा शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । यी दुबैमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी भन पारस हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved