दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले जित्यो त्रिदेशीय ट्वान्टी–२० को उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 04:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)लाई ५१ रनले हराउँदै नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो ।

दीपेन्द्रले अविजित ५४ रन बनाएपछि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उनै दीपेन्द्रले ४ विकेट लिएपछि १६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमा समेटियो । 

मलेसिया, पीएनजी नेपाल सहभागी श्रृंखलामा नेपालले अपराजित रहँदै उपाधि उचालेको हो । 

दीपेन्द्रले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । पीएनजीले तेस्रो ओभरमै ओपनर लेगा सिएकालाई गुमाएको थियो । पाँचौँ ओभरमा कप्तान असद भालालाई गुमायो । 

भालालाई एलबीडब्ल्यू आउट गरेका दीपेन्द्रले लगत्तै टोनी उरालाई पनि मैदान बाहिर पठाए । उरा शून्य रनमा आउट भए । दीपेन्द्रले चार्लेस एमिनीलाई पनि सोमपाल कामीमार्फत क्याच गरे । एमिनी र सेसे बाउले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । 

नेपालका दीपेन्द्रबाहेक करण केसीले तीन र सन्दीपले दुई विकेट लिए । 

ब्याटिङतर्फ मध्यम सुरुवात गरेको नेपाल ११ ओभर सकिँदा ८२ रन बनाएर २ विकेट गुमाएको स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित ३ विकेट लिएपछि नेपाल विशाल योगफल बनाउबाट चुक्यो । 

आसिफ सेखले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल २ रन बनाएर आउट भए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । 

असिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । दीपेन्द्रले आदिल आलमसँग पनि  छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गरे । 

आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । यी दुईले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । 

दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved