रचना रिमालले सन्दीपसँगको फोटो सार्वजनिक गरेपछि क्यानले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 03:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल खेलमा दर्शक नै मैदान छिरेको विषयमा मर्सियल राइट सुन्बी होल्डिङलाई स्पष्टिकरण सोधेको छ । 

क्यनले खेल जारी रहँदा गेट तोडेर दर्शक प्रवेश गरेको र पुरस्कार वितरणमा असम्बन्धित व्यक्ति मैदान प्रवेश गरेको पाईएको भन्दै मर्सियल राइट पाएको सुन्बी होल्डिङलाई स्पष्टिकरण सोधेको हो । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको ४ ओभरको खेलमै दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए ।

‘टिकट काट्ने काउन्टर र गेट सँगै रहेछ, हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले काउण्टर त्यहाँ नराख्न त भनेको थियो रे, अलि तल राख्नु भन्दा पनि गेटमै राखिएपछि मानिसहरुको चाप त्यहाँ पर्यो, त्यहीँ मौकामा मानिसको हुल नै भित्र प्रवेश गरेको रहेछ’ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल भन्छन्, ‘यो विषयमा सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेका छौँ ।’

क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो । सुन्बीले टिकटको जिम्मा आईएमी–पे र सुरक्षाको जिम्मा टीएमलाई दिएको थियो । 

क्यानले पुरस्कार वितरणमा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्मालाई निमन्त्रणा गरेको थियो । 

तर, पुरस्कार वितरण कार्यक्रममा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरेका थिए । रचनाले त ट्रफीसहित कप्तान सन्दीप लामिछानेसँगको फोटो नै सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । 

‘सहयोगी होलान् भन्ने सोच्यौँ, तर फेसबुकमा पनि ट्रफी समातेर फोटो राखेको पाईयो’ मल्लले भने, ‘यो के कारणले भएको हो भनेर हामीले स्पष्टीकरण सोधका छौं ।’ मल्लले भने ।

नेपाल, मलेसिया र पीएजीबीचको टी–२० शृंखला नेपालले जितेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved