पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमिति बनेको लेन्ससँग १–१ को बराबरीमा रोकिए पनि पीएसजीले ४ खेल खेल्न बाँकी हुँदै लिग उपाधि जितेको गरेको हो ।
यससँगै पीएसजीले सेन्ट एटिएनेसँगै सर्वाधिक १० पटक लिग उपाधि जित्ने कीर्तिमान पनि बराबरी गरेको हो ।
घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, ८८ औं मिनेटमा लेन्सका लागि कोरेन्टिन जिनले बराबरी गोल गरे ।
५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।
बराबरीपछि पीएसजीको ३४ खेलबाट ७८ अंक भएको छ । दोस्रो स्थानको मार्सेको ३३ खेलबाट ६२ अंक छ ।