युरोपेली च्याम्पियन रियल म्याड्रिडलाई बार्सिलोनाले हरायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 10:57:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रि–सिजनको मैत्रीपूर्ण फुटबल खेलमा युरोपेली च्याम्पियन रियल म्याड्रिड क्याटलान क्लब बार्सिलोनासँग पराजित हुन पुगेको छ । अमेरिकाको लास भेगासमा आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडविरुद्द १–० को जित निकालेको हो । 

कडा प्रतिस्पर्धात्मक खेलमा राफिन्हाले २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । 

आजको खेलमा बार्सिलोनाले आफ्नो बलियो टोलीलाई मैदानमा उतार्दा रियलले भने आफ्ना मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको थियो । बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा क्लब आएका फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र राफिन्हालाई पहिलो रोजाइमा नै खेलाएको थियो । आजको खेल लेवान्डोस्कीका लागि बार्सिलोनाबाट डेब्यु खेल हो । 

बार्साले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो । रियलले भने गोलरक्षक कोर्टुवा बाहेक अन्य १० खेलाडी परिवर्तन गर्यो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved