गत सिजन
दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको
च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु
गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि
रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।
प्रशिक्षक
कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो
रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर औरेलियन टिचौअमेनीलाई भित्राउँदै आफ्नो
स्क्वाड बलियो बनाएका छन् ।
एन्सेलोटी
इतिहासकै लेजेन्डलाई आफ्नो एघारमा फिल्डिङ गर्न सक्छन् । नयाँ अनुबन्ध भएका र
यसअघि राम्रो प्रदर्शन गरेका इडुआर्डाे कामाभिङ्गा, फेड
भालभर्डे र रोड्रिगोले यस सिजन झनै आशा देखाएका छन् । कतार विश्वकप अघि यी
खेलाडीले खेल्ने प्रसस्त मार्ग हुनुपर्छ ।
विश्वास
गरिएका युवा स्टार केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि फेरि एकपटक
एकमात्र सेन्ट्र फरवार्डको जिम्मेवारी करिम बेन्जेमाले पाउनेछन् । लुका जोभिक
इटालीयन क्लब फ्लोरेन्टिना प्रस्थान गरेका छन् । यस्तै, एन्सेलोटीले मारियानो डियाजलाई केहिल्यै विश्वास
गरेनन् । ३५ वर्षीय खेलाडीबाट धेरै गोलको चाहना गर्नु रियलको लागि प्रश्न उठ्न
सक्छ ।
चेल्सीबाट
रियल आएका क्षमतावान इडेन हाजार्डले अघिल्लो सिजन स्तब्धपूर्ण प्रदर्शन गरे ।
इन्जुरीका कारण गत सिजन उनले जम्मा ६ गोल गरे । तर, अहिले
हाजार्ड फिट भएका छन् । प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गरेसँगै एन्सेलोटीको
प्लानमा बेल्जियम खेलाडी रहेका छन् ।
यता, गत सिजन बार्सिलोनाको लागि सनसनीपूर्ण रह्यो ।
अर्थतन्त्रमा समस्या आएपछि गत सिजन बार्सिलोनाले राम्रो प्रदर्शन दिन सकेन ।
अध्यक्ष जोआन लोपार्टले जुलेस कौन्डे,
आन्द्रेअस
क्रिस्टेन्सन, फ्रान्क केसिइ, राफिन्हा र रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध
गरिसकेका छन् । यस्तै,
मार्काेस ओलोन्सो र
बेर्नान्डो सिल्भा भित्रिने योजनामा छन् । औसामाने डेम्बेलेको नविकरणले टोली थप
बलियो भएको छ ।
प्रशिक्षक
जाभी होर्नान्डेजले प्रत्येक पोजिसनमा दुई
बलियो खेलाडी राखेका छन् । रायो भालेकानोविरुद्ध सप्ताहन्तमा मैदान उत्रनु अघि
बार्सिलोना अनुबन्ध गर्न पाउनेछ । यद्यपि,
ला लिगाले
बार्सिलोनालाई बित्तीय नियमहरु लगाउन सक्छ । अगिल्लो सिजन बार्सिलोना गम्भीर
आर्थिक समस्यामा परेको थियो ।
अन्तिम सिजन
बार्सिलोनाले जाभिको प्रशिक्षणमा २५ लिग खेलमा ५६ अंक जोड्यो । जस क्रममा उसले
फेब्रुअरी र अप्रिलमा रियल मड्रिडलाई बर्नाबेउमा ४–० ले हरायो । तर, उसले केहि खराव प्रदर्शन पनि गर्याे । काडिज र
रायो भालेकानोसँग पराजित भयो । यस्तै,
युरोपा लिगमा
फ्राङ्कफुर्टसँग पराजित हुन पुग्यो ।
जाभीले सिधा
झै ४–३–३ को पोजिसन रोज्नेछन् । जाभीसँग अट्याक लाइनमा बहुमुखी प्रतिभाका रोबर्ट
लेवान्डोस्की, डेम्बेले, राफिन्हा,
अन्सु फाति, फेरान टोरेस र पियरे इम्रिक औवामेयाङ रहेनछन् ।
उनले यिनीहरुलाई अग्रपंक्तिको जुनसुकै पोजिसनमा खेलाउन सक्छन् ।
यो टिमले
पक्कै लिग जित्न धेरै गोल गर्न सक्नुपर्छ । तर, के
बार्सिलोनाले अन्य टोलीलाई रोक्न सक्ला ?
काउन्टर खेल
बार्सिलोनाको लागि सधैँ घातक बन्दै आएको छ । तर, तल्लोक्रमका
कौन्डे र रोनाल्ड अराउजोले जाभिको रणनीतिलाई साथ दिने आशा गर्न सकिन्छ ।
ला लिगा
२०२२–२३ को सिजन आज रातिबाट सुरु हुँदैछ । पहिलो खेलमा ओसासुना र सेभिया
प्रतिस्पर्धा गर्देछन् । यस्तै,
भोलि हुने खेलमा
बार्सिलोनाले नेपाली समय अनुसार राति पौने १ बजे रायो भालेकानो सँग भिड्ने तालिका
छ । आइतबार साविक विजेता रियल मड्डिडले यूडी अल्मेरियाको सामना गर्दैछ ।