मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2022 | 10:51:24 AM मा प्रकाशित

laxmi  sunrise bank

पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलीयन स्टार नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् ।

सर्वाधिक ७ पटकको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमा पर्न असफल भएका हुन् । 

फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टार मनोनयनमा परेका छैनन् ।

रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेबका कप्तान करिम बेन्जेमा मनोनयनमा परेका छन् । रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । 

इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि ६ खेलाडी नै मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडी

करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिड,चेल्सी)

मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल, बेन्फिका), भर्जिल भान डाइक (लिभरपुल)

रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी),  एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी, डर्टमुन्ड)

रोबर्ट लेवान्डोस्की (बार्सिलोना,बायर्न म्युनिख)

ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम)

योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख, लिभरपुल)

राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान)

क्रिस्टोफोर एनकुकु (लाइप्जिग)

क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

केलियन एमबाप्पे (पिएसजी)

हालेर (डर्टमुन्ड)

डुसान भ्लाहोभिक (युभेन्ट्स)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved