एसिया कप: पहिलो खेलमा अफगानिस्तानको अगाडी श्रीलंका निरीह, आज भारत र पाकिस्तान भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 10:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एसिया कप २०२२ प्रतियोगितामा अफगानिस्तानले शानदार सुरुवात गरेको छ। बलियो प्रतिद्वन्दी मानिएको श्रीलंकालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो। 

श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले दुई विकेट गुमाएर ५९ बल बाँकी हुँदै पुरा गरेको हो। अफगानिस्तानले मात्र १० ओभर १ बलमा दुई विकेट गुमाएर श्रीलंकाले दिएको १०६ रनको लक्ष्य पुरा  गरेको हो। 

अफगानिस्तानको लागि ओपनर ब्याट्सम्यान रहमतुल्लाह गुर्बाज र हज्रतुल्लाह जाजईले उत्कृष्ट प्रदशन गरेसँगै अफगानिस्तानले सहजै जित निकाल्न सफल भएको  हो। टस हारेर पहिले बयाटिंङको निम्तो पाएको श्रीलंकाले आफ्ना सबै विकेट १९ ओभर ४ बलमा गुमाउंदै मात्र १०५ रन जोडेको थियो।   

आज भारत र पाकिस्तान खेल्दै 

एसिया कप २०२२ अन्तर्गतको खेलमा आज क्रिकेटमा बलिया दुई प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन्। दुबईमा भईरहेको यस प्रतियोगिता अन्तर्गतको आजको खेल  आज बेलुका नेपाली समय ६ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved