नेपालले केन्यालाई ४ विकेटले हरायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 07:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

तेस्रो टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ४ विकेटले हराएको छ । केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।  

टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट मात्रै गुमाएर १५६ रन बनाएको थियो । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले १–१ विकेट लिए । 

यो जितसँगै पाँच खेलको टी–२० श्रृङ्खलामा नेपालले २–१ को अग्रता लिएको छ । 

नेपाल र केन्याले यसपछि ३ खेलको एकदिवसीय क्रिकेट पनि खेल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved